मंसिर २५ र २६ गते सार्वजनिक विदा


२४ मंसिर २०७५, सोमबार
Sarbajanik bida

जनकपुर, २४ मंसिर । विवाह पञ्चमीको अवसरमा मंसिर २५ र २६ गते दुई दिन सार्वजनिक विदा हुने भएको छ ।

Sarbajanik bida

राम–सीता विवाहपञ्चमी महोत्सवमा स्थानीय सरकारले दुई दिन विदा दिन बिदा दिने निर्णय गरेकोे छ हो । जनकपुरधाम उप–महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यतापूर्वक मनाउन भन्दै दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको हो ।

जसअनुसार मंसिर २५ र २६ गते जनकपुरधाम नगरभित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द हुनेछ ।

bibaha panchami ram janaki

विवाहपञ्चमी महोत्सवमा लाखौँ श्रद्धालु भक्तजनको सहभागिता हुने अनुमान गर्दै उपमहानगरपालिकाले श्रद्धालुभक्तजनको लागि बासस्थलको रुपमा विद्यालय उपलब्ध गराइदिन पनि आग्रह गरेको छ ।

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक श्रद्धालु भक्तजनलाई बास उपलब्ध गराई विद्यालयको भवन प्रयोग गर्न दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७