मेसीको विमानका सौखिन, फेरि किने अत्याधुनिक विमान


२५ मंसिर २०७५, मंगलवार

काठमाडौं, २५ मंसिर । फुटबल मैदानमा लियोनल मेसीले पाएको सफलताको कथा लाखौं भइसकेको छ । तरपनि मेसीको विश्वकप जित्ने सपनाले अझै पूरा भएको छैन ।

एकपटक आफ्नै सक्रियतामा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि चुमाउने सपना बुनेका मेसी यस मामलामा अभागी बन्दै आएका छन् ।

यसबाहेक ३१ बर्षीय मेसीको दुनियाँमा हरेक सपना पूरा भएको छ । धेरैलाई पत्यार नलाग्न सक्छ । स्पेनिस क्लब बार्सिलोनका सुपरस्टार मेसी महंगा कार र नीजि विमानका पनि सौखिन हुन्, भनेर ।

वास्तवमा फुटबलपछि मेसी लग्जरियस कार र विमानका पनि सौखिन पारखी हुन् । यसअघि महंगा कार र नीजि विमान भएका मेसीले हालै नयाँ विमान खरिद गरेका छन् । मेसीले अहिले १५ मिलियन अमेरिकी लडर अर्थात् एक अर्ब ६९ करोड ४६ लाख रुपैयाँमा नयाँ विमान किनेका हुन् ।

यसअघि एउटा नीजि विमान भएको मेसीको अब दुईवटा विमान भएको छ । मेसीको नयाँ विमान शुक्रबार मात्र अर्जेन्टिनाको राजधानी लगिएको छ ।

मेसीले अमेरिकामा खरिद गरको उक्त विमान त्यहाँको हवाई विभागमा दर्ता गर्नका लागि अर्जे्न्टिना लगिएको हो । विमानको अगाडी र पछाडिको भागमा मेसीले लगाउने जर्सी नम्बर १० लेखिएको छ ।

मेसीले विमानको स्वरुप र सजावट पनि आफ्नै ढंगले तयार गर्न लगाएका छन् । १६ वटा सिट क्षमता भएको अत्याधुनिक यस विमानभित्र दुई वटा बाथरुम र दुईवटै किचेन छ ।

मेसीले विमानमा पनि आफ्ना परिवारका सदस्यको नाम लेखाएका छन् । विमानभित्र मेसीकी श्रीमती लियो एन्टोनियला, छोराहरु थियागो, सिरो र माटियो नाम लेखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७