इपीएल : सुपर ओभरमा विराटनगरसँग पोखरा राइनोज पराजित


२५ मंसिर २०७५, मंगलवार
sandeep 1

पोखरा, २५ मंसिर । पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर विजयी बनेको छ ।

sandeep 1

पोखरा राइनोज र विराटनगर वारियर्सबीचको खेल बराबरीमा टुङ्गिएपछि सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा विराटनगरले पोखरालाई हराएको हो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले ७ विकेट गुमाएर ८४ रन जोडेको थियो । पोखराले दिएको ८५ रनका लक्ष्य पछ्याउने क्रममा विराटनगरले पुरै विकेट गुमाइ १९.३ ओभरमा ८४ रन जोड्यो ।

विराटनगरका लागि पौल मर्भिकले सर्वाधिक ३ विकेट, रोइलफ भान डि मर्भीले २ विकेट, समित पटेल र बसन्त रेग्मीले समान १–१ विकेट लिए । पोखराका लागि कौल कोलिङले २० रन र राजेश पुलामी मगरले १७ रनको योगदान गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७