शान्तिको लागि समर्पित छु, म चीन बिरोध होइन : भिक्षु ग्याल्सेन


२५ मंसिर २०७५, मंगलवार
Master Karma Tanpai Gyaltshen

काठमाडौं, मंसीर २५ :  बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनले आफू चीन बिरोध नभएको र त्यस्तो कुनै पनि गतिबिधिमा संग्लन नभएकाे बताएका छन् । सामाजिक सञ्जालमा तस्बिर सहित चीन बिरोधी गुरु उल्लेख गरिएकोप्रति उनले दुःख व्यक्त गर्दै आफू कुनै पनि देश बिरोधी नभएको प्रष्ट पारे ।

Master Karma Tanpai Gyaltshen
कर्मा तन्पाइ ग्याल्सेन

ग्याल्सेनले चीन जस्तो विशाल र सम्पन्न मुलुकको बिरोधको कल्पनासम्म गर्न नसकिने बताए । उनले भने, ‘मेरो एउटै उद्देश्य हो, विश्व शान्ति । चीन बिरोधी गतिबिधिको म कल्पना समेत गर्न सक्दिन ।’ चीन र भारतसँग परस्पर मेलमिलाप र शान्ति आवश्यक भएको उनको भनाई छ ।

विश्व शान्तिको लागि पवित्र मन लिएर हिडेको बौद्ध भिक्षुलाई कुनै देश बिरोधी र समर्थक भन्नु गलत भएको उनको भनाई छ । उनले भने, ‘बौद्ध भिक्षुहरुलाई यो समर्थक र त्यो बिरोधी भनेर शंका गरिनु दुःखत हो । शान्ति भन्दा हाम्रो जीन्दगीमा कुनै अरु उद्देश्य छैन ।’

एआईजी कार्कीले किन भेटे ?
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनलाई भेटेर आर्शिवाद लिएपछि उनको चर्चा भएको हो । तर, कार्कीले पूर्व योजना अनुरुप भेटेका थिएनन् । भाई उत्तम कार्कीको घर आकस्मीक भेट भएको हो ।

त्यसो त ग्याल्सेन बौद्ध धर्मका अगुवा गुरु भएको कारण बिभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाहरुले समेत भेट्ने गरेका छन् । भेटमा बौद्ध संस्कृति अनुसार खादा आदन प्रदान बाहेक अरु राजनीतिक उद्देश्य नभएको भिक्षुहरु बताउँछन् ।

मास्टर कर्मा तन्पाइ ग्याल्सेन

काठमाडौंको रामकोटस्थित सेतो गुम्बाका गुरु हुन्, ग्याल्सेन । यो गुम्बाले यही ११ डिसेम्बरदेखि १६ डिसेम्बरसम्म आफ्नो २५ औं वर्ष गाँठ मनाउदैछ । यही कार्यक्रममा निम्तो दिन उनी अहिले बिभिन्न क्षेत्रमा पुगेका छन् । यो गुम्बा १९९३ मा स्थापना भएको हो । उनले यो कार्यक्रमका लागि उच्च पदस्थ नेतृत्व र सामाजिक क्षेत्रका अगुवाहरुलाई निम्तो गरेका छन् ।

PM KP Sharma oli

त्यसो त ग्याल्सेनले एआईजी कार्कीलाई मात्रै होइन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, सभामुख कृष्णबहादुर महरा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतलाई भेटेका छन् । तर, उनले राजनीतिक उद्देश्य नभई सेतो गुम्बाको ‘सिल्भर जुब्ली’ कार्यक्रमको निम्तोको लागि पुगेका हुन् । उनले मंगलबार पनि उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेर कार्यक्रमको निम्तो दिएका छन् ।

Master Karma Tanpai Gyaltshen and Upendra subba
Master Karma Tanpai Gyaltshen and Parkash man sing
Master Karma Tanpai Gyaltshen Krishna Mahara
Master Karma Tanpai Gyaltshen and Arjun Karki
Master Karma Tanpai Gyaltshen and Upendra team
Master Karma Tanpai Gyaltshen 2
Master Karma Tanpai Gyaltshen Puskar

ग्याल्सेनको चिठी :-

Master Karma Tanpai Gyaltshen1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७