ऊर्जामा पुनको अर्को फड्को, ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गर्ने निर्णय


२५ मंसिर २०७५, मंगलवार
Barshaman pun

काठमाडौं, २५ मंसिर :  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ऊर्जा प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता गर्दा ‘टेक अर पे’मा गर्ने भएको छ ।

वैशाख २५ गते ऊर्जा मन्त्री पुनले जारी गर्नुभएको श्वेतपत्रको आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको हो ।

Barshaman pun



आर्थिक वर्ष २०८४ र ८५ सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म रन अफ रिभर प्रकृतिका आयोजनाको ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता निर्णय भएको हो । मन्त्रालयमा बसेको बैठकले यसअघि प्राधिकरणले टेक एण्ड पेमा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ ।

बैठकले ४ हजार ५ सय मेगावाटसम्मका पिकिङ रन अफ रिभर प्रकृतिका आयोजनाको विद्युत खरिद सम्झौता टेक अर पेमा पनि बैठकले प्राधिकरणलाई निर्देशन दिएको छ ।

निजी ऊर्जा प्रवद्र्धकले लामो समयदेखि टेक अर पे मा विद्युत खरिद सम्झौता गर्न माग गर्दै आएका थिए । ‘टेक अर पे’मा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोध भर्नाको लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ ।

टेक अर पेमा सम्झौताको प्रावधान राखिएपछि निजी ऊर्जा प्रवद्र्धकले विद्युत आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७