ललितपुरका भूकम्पपीडित ४ हजारले पहिलो किस्ता लिन बाँकी


२६ मंसिर २०७५, बुधबार
lalitpur district

काठमाडौं, २६ मङ्सिर । ललितपुर जिल्लाका भूकम्पपीडितहरु निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ । जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन बाँकी रहेको एकाइका आयोजना प्रमुख बीरबहादुर रावलले बताएका छन् ।

lalitpur district

पहिलो किस्ता लिनेभन्दा दोस्रो किस्ता लिनेको सङ्ख्या धेरै कम छ । नौ हजार ३३४ जनाले दोस्रो किस्तावापतको रकम लिइसकेका छन् । तेस्रो किस्ता लिने लाभग्राही छ हजार १३० छन् । उनले भने, ‘पहिलोभन्दा दोस्रो र दोस्रोभन्दा तेस्रो किस्ता लिनेको सङ्ख्या अझै कम छ ।’

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । यीमध्ये गाउँपालिकामा दोस्रो र तेस्रो किस्ता लिनेको सङ्ख्या बढी छ । शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनाउनुपर्ने, एउटै घरमा धेरै परिवारको बसोवास, नक्सापास गर्र्न कठिनलगायतका कारण घर बनाउन ढिलाइ भइरहेको प्रमुख रावलले बताएको हो ।

उनले भने, ‘यी विषयमा पुनःनिर्माण प्राधिकरण र स्थानीय सरकारका बीचमा समझदारी भएकाले अव गति लिन सक्छ ।’ जिल्लाभरमा प्रबलीकरणका लाभग्राही एक हजार ३८१ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७