चुनावमा झट्का खाएपछि मोदीले लेखे, ‘जीन्दगी भनेकै हार–जीत’


२६ मंसिर २०७५, बुधबार

काठमाडौं, २६ मंसिर । भारतका पाँच राज्यको विधानसभा निर्वाचनको मत गणना मंगलबार भएको छ । मतगणना नतिजाले भारतीय सत्तारुढ पार्टी भारतीय जनता पाटी (बीजेपी) लाई नराम्रो झट्का लागेको छ ।

narendra modi

विगत १५ वर्षदेखि लगातार जितिरहेको भाजपाले मध्यप्रदेश र छत्तिसगढमा हार ब्यहोरेको छ भने अघिल्लो पटक प्रचण्ड बहुमत जितेको राजस्थानमा पनि पराजय भएको छ ।

चुनाव भएका पाँचमध्ये तीन ठूला राज्यमा चुनाव अघि भाजपाको सरकार थियो । ती सबै राज्यमा कांग्रेले जीत हात पारेको छ । यसरी नराम्रो पराजय भोगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ ट्वीट गर्दै जनताको म्याण्डेटलाई स्वीकार गरेको बताएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘जीन्दगी भनेकै हार–जीत’ रहेछ ।

md

उनले राजस्थान, मध्य प्रदेश र छत्तिसगढका जनताले आफ्नो पार्टीलाई सेवा गर्ने मौका दिएको बताएका छन् । उनले यी राज्यमा भाजपा सरकारले जनताको विकासमा सहयोग गरेकोसमेत दावी गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७