नेपाल आइडलका चार प्रतिष्पर्धीले कोरियामा रहेका नेपालीलाई नचाउने


२७ मंसिर २०७५, बिहीबार
nepal idol

काठमाडौं, २७ मंसिर । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीलाई नेपाल आइडलका चार प्रतिष्पर्धीले नचाउने भएका छन् ।

nepal idol

नेपाल आइडल सिजन–२ का अन्तिम चार प्रतिष्पर्धीले दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्य दिन अर्थात फेब्रुअरी ५ का दिन राजधानी सउलमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

कार्यक्रमका लागि चार प्रतिष्पर्धी बिक्रम बराल, सुमित पाठक, रवी ओड र अस्मिता अधिकारीसहितका कलाकार टोली कोरिया टुरमा जाने भएको छ ।

कोरियामा रहेर नेपाल र नेपालीको हितमा सक्रिय नुवाकोट समाजले कोरियामा रहेका प्रदेश नम्बर–३ का जिल्लाबासी एवं अन्य संघ संस्थासँगको सहकार्यमा आइडल टोलीको टूरका लागि एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको जनाइएको छ ।

कार्यक्रम सामाजिक सेवाका लागि गर्न लागिएको संस्थाका अध्यक्ष सन्तोषकुमार राईले जानकारी दिएका छन् । कार्यक्रमबाट उठेको पैसा नुवाकोट जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने बालबालिकाको शिक्षाका लागि खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७