अब सरकारले नै किसानले लिएको बैंकको ऋण तिरिदिने


२७ मंसिर २०७५, बिहीबार
gokul baskota

काठमाडौं, २७ मंसिर । केपी ओली सरकारले देशभरका किसानलाई रातह पुग्ने निर्णय गरेको छ । सरकारले साना किसानहरुको बैंकको ऋण मिनाहा गरेको छ ।

gokul baskota

कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यस्ता ऋण सरकारले तिरिदिने बताएका हुन् । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७