सन्नी लियोनीकै बाटोमा ‘आँखा झिम्क्याएर भाइरल’ बनेकी प्रिया


२७ मंसिर २०७५, बिहीबार
sunny

काठमाडौं, २७ मंसिर । दक्षिण भारतीय मल्याली अभिनेत्री प्रिया प्रकाशले बलिउड अभिनेत्री सन्नी लियोनीलाई समेत माथ खुवाएकी छन् ।

sunny

प्रिया प्रकाश सन् २०१८ मा गुगल इण्डियामा सर्वाधिक खोजीको सेलिब्रेटी बन्न सफल भएकी छन् । गएको गत सो सेलिब्रेटीको सूचीमा पूर्व पोर्न स्टार सन्नी लियोनी थिइन् । उनी अभिनित एक सिनेमाको गीतमा उनले आँखा झिम्काएको भिडियो भाइरल बनेपछि उनी रातारात चर्चामा आएकी थिइन् ।

गुगल इण्डियाले बुधबार यसको जानकारी दिएको हो । उनलाई प्रियंका चोपडाका पति निक जोनासले दोश्रो स्थानमा पछ्याएका छन् । प्रियंका स्वयम् भने सूचीको चौथो नम्बरमा छिन् । तेश्रो नम्बरमा हरियाणाकी चर्चित गायिका सपना चौधरी परेकी छन् भने पाँचौ स्थानमा सोनम कपुरका पति आनन्द आहुजा छन् ।

यस्तै चलचित्रको सूचीमा हलिउड सिनेमाले गतिलो उपस्थिति जनाएका छन् । सूचीको पहिलो नम्बरमा अक्षय कुमार तथा रजनीकान्त स्टारर ’२.०’ पर्दा ’बागी २’ र ’रेस ३’ले दोश्रो र तेश्रो स्थान क्रमशः आफ्नो पक्षमा पारेका छन् । यस सूचीमा हलिउउड सिनेमाहरूः ’एभेन्जर्सः इम्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ’डेडपुल २’ पनि छन्।

यसैगरी गीततर्फ नेहा कक्कडको ‘दिलबर दिलबर’, अर्जित सिंहको ‘तेरा फितुर’ र आतिफ अस्लमको ’देख्ते देख्ते’ माथिल्लो तीनमा परेका छन् । यस सूचीमा ‘देसप्यासितो’ एकमात्र अंग्रेजी गीतका रूपमा रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७