नायिकाको कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२७ मंसिर २०७५, बिहीबार

काठमाडौं, २७ मंसिर । बलिउड अभिनेत्री जरिन खानको कार गोवामा दुर्घटनामा परेको छ । गोवाको मापूसा क्षेत्रमा भएको सो दुर्घटनामा एक युवकको मृत्यु भएको जनाइएको छ ।

जरिन पनि घाइते भएकी छिन् । उनको स्थानीय एक नीजि अस्पतालमा उपचार भइरहेको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ ।

छुट्टी मनाउनको लागि गोवा पुगेकी उनी सवार कार बुधबार साँझ दुर्घटनामा परेको थियो । साँझको समयमा जब उनी सवार कार घुम्तीमा थियो, त्यतिनै बेला एक मोटरसाइकल कारमा ठक्कर खान पुग्यो ।

मोटरसाइकल तीब्र गतिको कारमा ठोक्किँदा ३० वर्षीय नितेश गोरलको मृत्यु भएको हो । दुर्घटनाको समयमा नितेशले हेलमेट लगाएका थिएनन् ।

गोवा प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ । प्रहरीका अनुसार घटनाको बास्तविकता पत्ता लगाउनका लागि आसपासका क्षेत्रका सीसीटीभी फुटेजको पनि सहयोग लिँइँदै छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७