नेपालमा २ सय, पाँच सय र दुई हजार दरका भारुमाथि प्रतिवन्ध


२७ मंसिर २०७५, बिहीबार
Indian Rupee

काठमाडौं, २७ मंसिर :  भारु दुई सयका नोट नेपालमा नचल्ने भएको छ। यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा २ सयका नोट पनि प्रचलनमा नल्याइने भएको हो ।

Indian Rupee


विहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यी तीन दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको बताए । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले यी नोटहरुमाथि प्रतिबन्ध लगाएको हो ।

अब भारु २ सय, ५ सय र २ हजारका नोटको कारोबार नेपालमा गैरकानुनी हुनेछ । भारु १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ ।

भारतले कालोधनलाई निरुत्साहित गर्न भन्दै पाँच सय र हजारका पुराना नोट विस्थापित गरी नयाँ नोटहरु प्रचलनमा ल्याएको हो । नेपालमा रहेका पुराना नोट सटहीका सम्वन्धमा भारतले चासो दिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७