प्रदर्शनकारी भागेपछि पत्रकार पक्रिन डिएसपीको आदेश, महिला पत्रकारमाथि अभद्र व्यवहार


२७ मंसिर २०७५, बिहीबार
Barsha Sha

काठमाडौं, २७ मंसिर :  आफ्नो कमजोरी लुकाउन एक जना प्रहरी अधिकृतले पत्रकारमाथि अभद्र व्यवहार गरेका छन् । घटना हो, विहिबार अपराह्नको । फोटो पत्रकार वर्षा शाह फोटो खिच्न राष्ट्रपति कार्यालय शितल निवास बाहिर पुगेकी थिइन् ।

Barsha Sha
रिहापछि प्रहरीको अभद्र व्यवहारबाट लागेको चोट देखाउदै पत्रकार 
 शाह,
तस्बिर : – महिला खबर



महंगो गाडी किन्ने राष्ट्रपति विद्यादेवी भण्डारीको महत्वाकांक्षाको विरोधस्वरुप युवाहरुले एकरएक रुपैयाँ उठाएर प्रतीकात्मक रुपमा बनाएको गाडी राष्ट्रपति कार्यालयमा बुझाउने तयारीका साथ युवाहरुको समूह शीतलनिवास बाहिर पुगेको थियो । सोही घटनाको तस्बिर खिच्न पुगेकी थिइन् फोटो पत्रकार शाह ।

एक समुहले पूर्वनिर्धारित कार्यक्रम अनुसार राष्ट्रपति कार्यालयअघि प्रदर्शन गरे । राष्ट्रपति कार्यालयअघि प्रर्दशन भइरदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको कमजोरी मात्रै होइन हदैसम्मको नालायकी थियो । प्रर्दशनपछि प्रदर्शनकारीहरु तितरबितर भए । तर, प्रहरीले आएर पत्रकार शाहलाई पक्राउ गरेर अभद्र व्यवहार गर्दै महाराजगञ्ज प्रहरी वृत्त पुरायाे । अपराधीलाई जसरी प्रहरीले व्यवाहार गरेको शाहले बताइन् । भनिन्, ‘मलाई एउटा अपराधीलाई जस्तो व्यवहार गरेर पक्रियो । पत्रकार भन्दा भन्दै पनि पक्राउ गरेर लगियो ।’

डिएसपी फणिन्द्र प्रसाईको सनकको शिकार पत्रकार

Phanindra Prasai

डिएसपी फणिन्द्र प्रसाई

शाहलाई महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी फणिन्द्र प्रसाईको आदेशपछि पक्राउ गरिएको हो । प्रर्दशनकारी नभेटिपछि प्रसाईले घटनास्थलमा फोटो खिच्ने  पत्रकारसबैलाई पक्राउ गर्न आदेश दिएका थिए ।

पत्रकार शाहले म पत्रकार हुँ भन्दा पनि प्रहरीले गाली गर्दै पक्राउ गरेका थिए । उनले भननिन्, ‘म पत्रकार हुँ, मैले के गरेँ र मलाई पक्राउ गर्न ? भनी प्रश्न गरेको अवस्थामा समेत महिला प्रहरीले तँ जो सुकै होस् हामीलाई के मतलब ? डीएसपी सा’बले पक्राउ किन नगरेको भन्दै हाम्लाई गाली गर्नु भा‘छ भन्दै अपमानजनक तरिकाले पक्राउ गरियो ।’

करिब तीन घन्टा उनलाई हिरासतमा राखिसकेपछि वरिष्ठ प्रहरी अधिकारीहरुको दबाब र पत्रकारहरुको आक्रोश तथा विरोधका कारणमात्र उनलाई प्रहरीले छाडेको थियो । डिएसपी प्रसाईले पक्रेर लगेपछि पत्रकार भन्ने थाहा पाएर पनि सनक देखाउदै हिरासतमा राख्न आदेश दिएका थिए । पत्रकार र वरिष्ठ प्रहरी अधिकारीले छोड्न भन्दा पनि तत्काल नछोडेर तीन घन्टा हिरासतमा राखेर मात्रै छोडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७