पाल्पामा जीप दुर्घटना, तीन दिने सुत्केरीसहित ५ जनाको मृत्यु


२८ मंसिर २०७५, शुक्रबार
palpa vrfuMO1Inv

पाल्पा, २८ मंसिर । सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहीबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ ।

palpa vrfuMO1Inv

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, २० वर्षीय चालक वीरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको ज्यान गएको हो ।

चार जनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारका लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमै ज्यान गएको घटनास्थलमा पुगेका पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिएका छन् । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

वडाध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो । घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् ।

घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजेतिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७