इन्टरनेटको मूल्य घटाउने सञ्चारमन्त्रीको घोषणा


२८ मंसिर २०७५, शुक्रबार
karnalima fast internet service eight di 44857

काठमाडौं, २८ मंसिर । नेपालमा इन्टरनेट सेवाको दस्तुर महँगो भएको गुनासो बढिरहेका बेला सरकारले इन्टरनेटको मूल्य घटाउने भएको छ ।

karnalima fast internet service eight di 44857

प्रविधितर्फ नेपालीहरुको आकर्षण बढिरहेका बेला नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन् ।

नेपालीहरुको प्रविधितर्फ आकर्षण बढिरहेका बेला इन्टरनेट सेवा दिन महँगो दस्तुर तिर्नुपर्ने वाध्यताका कारण धेरै नेपालीले चाहेर पनि यो सुविधा लिन सकिरहेका छैनन् ।

नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ । टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ । यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो, तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ । अब पनि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ ।’

उनले थपे, ‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउँछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिन सक्छौं ।’

व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताएका छन् । घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७