आज द भ्वाइसको फाइनल, टप–४ ट्यालेन्टका लागि यसरी बनाइयो भव्य मञ्च


२८ मंसिर २०७५, शुक्रबार
voice 1

काठमाडौं, २८ मंसिर । नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको आज (शुक्रबार) अन्तिम प्रतिष्पर्धा कतारको दोहामा हुँदैछ ।

voice 1

आफूलाई द भ्वाइसको उपाधि विजेता बनाउने दाउका साथ चारै जना प्रतिष्पर्धी कतार पुगिसकेका छन् । प्रतियोगिताको फाइनलका लागि सबै तयारी बिहीबार राति सकिएको जनाइएको छ । टप–४ का प्रतिष्पर्धीको प्रस्तुतीका लागि भव्य रुपमा मञ्च तयार गरिएको छ ।

cov

यो भब्य मञ्चबाट आज आफूलाई अब्बल रुपमा प्रस्तुत गराउने सबै प्रतिष्पर्धी तयार रहेका छन् । उनीहरूसहित कतार आएका टप–८ र केही छानिएका अन्य प्रतिष्पर्धीले पनि फाइनलमा आफ्नो गायन कला प्रस्तुत गर्नेछन् ।

शुक्रबार प्रमोद खरेल कतार आइपुगेसँगै सबै प्रशिक्षकहरू यहाँ अन्तिम प्रतिष्पर्धाका लागि तयारीमा जुटेको जनाइएको छ । पाहुना कलाकारको रूपमा धुर्मुस सुन्तली बिहीबार नै कतार पुगिसकेका छन् ।

voice

चार प्रशिक्षकका चार प्रतिष्पर्धीबाट एक जना नेपालको पहिलो द भ्वाइस अफ नेपाल हुनेछन् । प्रशिक्षक दीप श्रेष्ठबाट सिडि बिजय अधिकार, प्रशिक्षक प्रमोद खेलबाट सिर्जय थपलिया, प्रशिक्षक अभया सुब्बाबाट कुशल आचार्य र प्रशिक्षक सनुप पौडेलबाट सप्तक दूतराज फाइनलमा भिड्दै छन् ।

प्रतिष्पर्धीबीच द भ्वाइसको ताज हात पार्ने होड एकातिर छ भने कोचहरूबीच पनि आफ्नो टिम सदस्यलाई विजयी बनाउने रस्साकस्सीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७