सिडी विजय अधिकारीले जिते ‘दि भ्वाइस अफ नेपाल’ को उपाधी


२९ मंसिर २०७५, शनिबार
CD Bijya Adhikari

काठमाडौं, २८ मंसिर : रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को उपाधी सिडी विजय अधिकारीले जितेले जितेका छन् । अधिकारीको कोच वरिष्ठ गायक दीप श्रेष्ठ थिए ।

CD Bijya Adhikari

कतार, दोहाको एमपी थिएटरमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा अधिकारीले उपाधी उचालेका हुन् । नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गरेका छन् । त्यसैगरि बिजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन् ।

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को बिजेता हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ ले घोषणा गरेका थिए ।

सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा पुग्ने विद्या तिवारी, विवेक वाइवा लामा, सुशील गर्तौला र श्रेया राईले पनि फाइनल शोमा आआफ्नो प्रस्तुती दिएका छन् । 

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा छनोट हुदै आएको थियो ।

को हुन् अधिकारी ?

C.d. Vijaya Adhikari


मदरल्याण्ड स्कुल पढेका पोखराका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि।वि।ए। तेस्रो वर्षमा अध्ययनरत छन्। उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए।

विश्वकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण (फ्रेञ्चाइज) ‘द भ्वाइस अफ नेपाल’ पछिल्लो समयमा नेपालमा चर्चित छ । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिताले नेपालमा पनि मन जितेको छ । ‘द भ्वाइस’ हल्याण्डबाट डच टेलिभिजन प्रोडुसर जोन डे बोर्नले शुरु गरेका हुन् । 

 हेर्नुहोस् लाइभ :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७