२०७५ मंसिर २९ गते शनिबारको तपाईको राशिफल


२९ मंसिर २०७५, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । रमणीय र सुखद यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटक लाग्न सक्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् । सन्तान सुख मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मुद्दा मामिला आइलाग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउँला । बन्द व्यापारमा मन्दी छाउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७