उडिरहेको जहाजभित्रै यौन उत्तेजना बढेपछि…


२९ मंसिर २०७५, शनिबार
helicopter 1
सांकेतिक तस्विर

काठमाडौं, २९ मंसिर । उडिरहेको जहाजभित्रै यौनजन्य हर्क देखाउँदा एक भारतीय यात्रु लाजले पानी पानी मात्र बन्नु परेको छैन, जेलको चिसो हावा नै खानु पर्ने भएको छ ।

helicopter 1

अमेरिकाको अदालतले जहाजभित्र आफू नजिकै बसेकी महिलामाथि यौनहिंसा गरेको आरोपमा एक भारतीय इन्जिनियरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।

गएको जनावरीमा ३४ वर्षीय प्रभु राममूर्ती जहाजभित्र आफ्नी श्रीमती र पीडितको बीचमा बसेका थिए । पीडितका महिला निदाइरहेकी थिइन् ।

bharatiya ram 8qOK4Ay8n4

महिलाले दिएको बयान अनुसार जब उनी निन्द्राबाट ब्यूझिइन् उनको शर्टको टाँक खोलिएको थियो र राममूर्तीको हात उनको पाइन्टमा थियो ।

अमेरिकी अदालतले सजाय पूरा भएपछि राममूर्तीलाई भारत फिर्ता पठाउने बताएको छ । राममूर्तीले भने आरोपलाई अस्विकार गर्दै आफू त्यतिबेला निदाइरहेको बताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७