‘गोरे ग्याङ’ ले गायव गरेको ३३ किलो सुन भारतमा बरामद, दुई जना पक्राउ

सुस्ताएको सुन काण्ड फेरि छानविनमा


२९ मंसिर २०७५, शनिबार
gold 2

काठमाडौं, २९ मंसिर । चुँडामणि उप्रेती ‘गोरे’ ग्याङले नेपालबाट गायब बनाएको ३३ किलो सुन भारतको कलकत्तामा बरामद भएको छ ।

gold 2

सुनसहित दुई नेपाली समेत पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल हुँदै अवैध रुपमा भित्र्याएर गायब बनाइएको ३३ किलो सुन लामो समयपछि भारतमा बरामद भएको हो ।

भारतीय प्रहरीय र त्यहाँको राजशव अनुसन्धान विभागको असुन्धान टोलील डिसेम्बर ७ मा कोलकत्ता–दिल्ली राजमार्गबाट सुन बरामद गरेको बताइएको छ ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुँडामणि उप्रेतीले यातना दिंदा भरिया मोरङ उर्लाबारीका सनम शाक्यको ज्यान समेत गएको थियो ।

‘दुबई हुँदै तस्करी गरेर त्रिभुवन विमानस्थलबाट भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतको कोलकत्तामा बरामद भएको छ’, सुन तस्करीको छानबिन गर्न गठित समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलले भने, ‘नेपालबाट हराएकै परिणामको सुनसहित दुई जना नेपाली पनि पक्राउ परेको खबर त्यहाँका राजश्व अनुसन्धान विभागले कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ ।’

बरामद सुन र पक्राउ परेका दुवै नेपालीबारे त्यहाँको अनुसन्धान विभागले कोलकात्तातास्थित नेपाली महावाणिज्यूत एकनारायण अर्याललाई जानकारी दिइसकेको समेत संयोजक पौडेलले बताएका छन् ।

अर्यालले नेपलाबाट गायब पारिएको तस्करीको ३३ किलो सुन बरामद भएको जानकारी नेपालस्थित गृह मन्त्रालयमा गराइसकेका छन् ।

‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकतामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले थपे, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूत अर्याललाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवै जनालाई नेपाल झिकाउने पहल गरिरहेका छौँ ।’

नेपालका वहालवाला र पूर्व उच्च प्रहरी अधिकारीहरु समेत मुछिएको ३३ किलो सुन काण्डको छानविन पछिल्लो समय स्थगित भएको थियो । भारतमा सोही परिमाणको सुनसहित दुई नेपाली पक्राउ परेपछि गृह मन्त्रालयद्वारा ३३ किलो सुन काण्ड छानविनका लागि गठित सुन समिति फेरि सक्रिय बनेको छ ।

सुन काण्डमा मुख्य नाइके भनिएका चुँडामणि उप्रेतीलगायतका दर्जनौ व्यक्ति अहिले कारागारमा छन् । केहि प्रहरी अधिकारीहरु धरौटीमा समेत छुटेका छन् । भारतमा सुन बरामद भएपछि अब उक्त सुनकाण्डले कस्तो मोड लिने हो भन्नेबारे सर्वसाधरणमा चासो बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७