श्रीलंकाका प्रधानमन्त्री राजपाक्षले दिए राजीनामा, श्रीलंकाको राजनीतिले लय समाउँला ?


२९ मंसिर २०७५, शनिबार
mahendra

काठमाडौं, २९ मंसिर । पछिल्लो समय विवादामा मुछिएका श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट राजीनामा दिएका छन् ।

mahendra

दुई महिना लामो राजनीतिक संक्रमणबीच राजपाक्षले राजीनामा दिएपछि श्रीलंकाको राजनीतिले लय समाउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २ महिना पहिले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमा शिंघेलाई अपदस्थ गर्दै राजपाक्षलाई प्रधानमन्त्री बनाएर नयाँ मन्त्रिपरिषद् समेत गठन गरेका थिए । राष्ट्रपतिको यो कदमलाई त्यहाँको संसदले अनुमोदन गरेन ।

त्यस्तै त्यहाँको अदालतले पनि सिरिसेनाको कदमलाई गैरकानुनी ठहर गरेपछि राजपाक्षले राजीनामा दिएका हुन् । विक्रमासिंघेले आइतबार पुनः सपथ लिने कार्यक्रम रहेको उनको दल युनाइटेड नेसनल पार्टीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७