नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय


२९ मंसिर २०७५, शनिबार
nepal cominislist party office

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।

nepal cominislist party office

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले साङ्गठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्‍याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकता प्रक्रियामा बाँकी रहेका काम कार्वाहीलाई तत्काल पूर्णता दिने, सरकारको काम कार्वाहीको समीक्षा गर्ने, सकारात्मक काम कार्वाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी समिति बैठकमा पेश गर्ने गरी कार्यसूची तय भएको हो ।

स्थायी समितिको बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा शुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

बहुप्रतिक्षित स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कार्वाहीलाई टङ््गोमा पु¥याउने विश्वास लिइएको छ ।

गत जेठमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउन सकेको छैन ।

यस्तै जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता प्रक्रिया बाँकी रहेको छ । एकता प्रक्रिया र सरकारको काम कारवाहीको विषयमा स्थायी कमिटीको बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । यस्तै पोलिटव्यूरोको चयन समेत हुनसकेको छैन ।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन ।

यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा शुरु नभएको भन्दै बैठक बहिष्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष प्रचण्डले आज बिहान छलफल गरेका थिए । नेता गौतमको निवास भैंसेपाटीमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७