नेकपाको स्थायी कमिटी वैठकमा वामदेव गौतमको १६ पृष्ठ लामो भिन्नै प्रतिवेदन


२९ मंसिर २०७५, शनिबार
bamdev gautam

काठमाडौं, २९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको पहिलो स्थायी कमिटी बैठक बसेको छ ।

bamdev gautam

पहिलो स्थायी कमिटी वैठकमै नेता वामदेव गौतमले भिन्दै प्रतिवेदन प्रस्तुत गरेका छन् । यसअघि नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो ।

मंसिर २२ गते बसेको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले समयमा ध्यान नदिएको भन्दै गौतमसहित माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले बैठक नै बहिष्कार गरेका थिए ।

गौतमको प्रस्तावमा पार्टीलाई विधि अनुसार चलाउनुपर्नेदेखि सरकारको कामको समीक्षासम्म समेटिएको छ । गौतमको प्रस्तावले बैठकमा प्रवेश पाए नेकपाभित्र फरक मतसहितको प्रतिवेदन पेश भएको पहिलो घटना भएको छ ।

यसअघि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट साझा प्रस्ताव पेश गरेका छन् । नेता गौतमको फरक प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाईसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ । सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको उनले जानकारी दिए । सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम भएको बताइएको छ ।

नेता वामदेव गौतमकाे प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अधययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७