प्रगतिशील सोनालाल विजयी


२९ मंसिर २०७५, शनिबार
Rss Images 1544856962064 SBS Surkhet 151218 Sonalal

सुर्खेत, २९ मंसिर । इञ्जिनियर्स एशोसियसन नेपाल कर्णाली प्रदेश कार्यकारिणी समितिको सभापतिमा प्रगतिशील सङ्गठनका सोनालाल यादव विजयी भएका छन् ।

Rss Images 1544856962064 SBS Surkhet 151218 Sonalal
k|ultzLn ;+u7g ljhoL g]kfn Ol~hlgo;{ Pzf]l;og s0ff{nL k|b]z sfo{sfl/0fL ;ldltsf] z’qmaf/ ;DkGg lgjf{rgdf ljhoL k|ultzLn ;+u7gsf ;efklt ;f]gfnfn ofbj;lxt kbflwsf/L Pj+ ;b:ox? ;fd”lxs t:jL/df . tl:jL/ M z’/axfb’/ l;+x, ;’v]{t, /f;;

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार सम्पन्न निर्वाचचनबाट प्रगतिशील सङ्गठनका यादव नेतृत्वको सिङ्गो प्यानल विजयी भएको प्रमुख निर्वाचन अधिकृत जगदीश लामिछानेले जानकारी दिए ।

उनका अनुसार सभापति यादवले १०५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक सङ्गठनका हरि केसीले ९९ मत ल्याएका छन् ।

त्यस्तै, प्रगतिशीलका उपसभापति नवराज खतिवडाले ११० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी खुमबहादुर भण्डारीले ९३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रगतिशीलका सचिव ताराकेशर वाग्लेले १२२ र लोकतान्त्रिक सङ्गठनका सचिव जनक भट्टराईले ८१ मत प्राप्त गरे । प्रगतिशीलकै सहसचिव रवीन महतले १३१ र उहाँका प्रत्यासी किशोर विसीले ७३, कोषाध्यक्षमा विशाल अधिकारीले १२१ र लोकतान्त्रिकका माधव रिजालले ८१ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लामिछानेले बताए ।

प्रगतिशीलका सदस्यमा देवेन्द्र भट्टराई, टीकाराम पोख्रेल, तुलराम शर्मा, उज्ज्वल गिरी, कुमार खेमसुन्दर शाही, यज्ञप्रसाद आचार्य, गोविन्द खत्री, मेघराज खत्री, जीवन कठायत र हेमराज राना विजयी भएका छन् । केन्द्रीय कार्यकारिणी समिति सदस्यमा प्रगतिशीलका कृष्णप्रसाद पाण्डे विजयी भएका छन् ।

नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२ औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत भएको कर्णाली प्रदेशको यो निर्वाचनमा २२५ जना कूल मतदातामध्ये २०५ मतदाता सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७