नेपाललाई विश्वस्तरमा स्वर्ण, महेश्वर महर्जन बडिविल्डिङमा विश्वविजेता


१ पुष २०७५, आईतवार
महेश्वर महर्जन

काठमाडौं, १ पुस : १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् ।

महेश्वर महर्जन


थाइल्याण्डको चाङमईमा भइरहेको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । 

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।

१२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।
महेश्वरले अन्तर्रा्ष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो ।

Mahesh Maharjan .

महेश्वरले २०१६ मा भूटानमा भएको ५० औं एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन र १४औं तथा १५औं संस्करणमा दोस्रो भएका थिए ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७