२०७५ पुस २ गते सोमबारको तपाईको राशिफल


२ पुष २०७५, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्ने छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान् । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउने छन् । दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिने छ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । मिहिनेतले सफलताको उचाइमा पु¥याउने छ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन् । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्ने छ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिने छ । नयाँ काम थाल्न केही समय पर्खनुपर्ला । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । पछाडिबाट अवरोध पुर्‍याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान दिनुहोला । नतिजा सच्याउन काम दोहोर्‍याउनु पर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनु पर्ला । अतिथिको आगमनले दिन खर्चिलो बन्न सक्छ । घुमफिर तथा मनोरञ्जनमा समय बित्ने छ । सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । लगनशीलताले नयाँ काम गर्ने अवसर पनि दिलाउने छ । सुन्दर पहिरन वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । पछिका लागि लगानी गर्ने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने छ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रगतिमा आरिस गर्नेहरूले दुःख दिनेछन् । व्याहारिक समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । पहिलेको नतिजा चित्तबुझ्दो नआउन सक्छ । तापनि मिहिनेत गर्दा प्रगति सन्तोषजनक हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ । तापनि, बुद्धिको उपयोगले घरायसी काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । काम रोकिने समय रहेकाले महत्वाकांक्षी योजनामा अघि नबढ्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ । अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिने छ । विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । सामाजिक दायित्व बढ्ने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आए पनि हडबडीले काममा बाधा पुर्‍याउन सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । केही चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिने छ । अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ । प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ । केही लाभांश गुमाउनुपरे पनि पुरानो समस्या सुल्झाउने समय छ । शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । कमजोरी सुधार्न केही काम दोहोर्‍याउनु पर्ला ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७