मलेसिया उड्न लागेका २९ जनालाई विमानस्थलबाटै फर्काइयाे


२ पुष २०७५, सोमबार
airport ktm1
Collecting our bags at the airport

काठमाडौं, २ पुस । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाई दिएको छ ।

airport ktm1

श्रम स्वीकृति नलिइ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो ।

वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कार्बाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ ।

मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको थियो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७