मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जीत


२ पुष २०७५, सोमबार
7499762 6501807 image a 7wPKrU31sl

काठमाडौं, २ पुस । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियाेनल मेस्सीले ह्याट्रिक गरे ।

7499762 6501807 image a 7wPKrU31sl

भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

चोटबाट कमब्याक गरेका उनले लियाेनल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल मेस्सी आफैँले गोल गर्दै टिमको अग्रता दुई शून्यमा पुर्‍याए ।

7498954 6501807 image a CBzb3OVceE

पहिलो हाफमा २ गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो । जसमा ४७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

६० औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पूरा गर्दा टिमको अग्रता चार शून्यमा पुग्यो । ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो ।

7498984 6501807 image a ezX1cyhY3V

खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँगको दुरी तीन अंकमा कायम राखेको छ । बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७