राजसंस्था पुनर्स्थापना असम्भव छैन : कमल थापा


२ पुष २०७५, सोमबार
kamal

काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल जस्तो देशका निमित्त संघीयता भन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । 

kamal

धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिनसक्ने बताए ।

अध्यक्ष थापाले २०६२–६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिए ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभए पनि असम्भव पनि नभएको जिकिर गरे ।

अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति सङ्गठन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसंघर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७