पूँजीबजार सुधारको माग गर्दै आमरण अनसन


२ पुष २०७५, सोमबार
onsan

काठमाडौं, २ पुस । पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

onsan

नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन शुरु गरेको जानकारी दिए ।

दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे ।

दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफूहरूको माग रहेको बताए । उनले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गरे ।

लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानून समेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७