पोखरामा ज्ञानेन्द्र शाहको पूरानै शान, लाग्यो गणतन्त्रविरोधी चर्का नारा


२ पुष २०७५, सोमबार
pokhara

पोखरा, २ पुस । पुस महिनाभित्रमा पूर्व राजा ज्ञानेन्द्र शाह दरबार भित्रिने भ्रमपूर्ण समाचारहरु सामाजिक सञ्जालमा भाइरल भइरहेकै बेला सोमबार पोखरामा पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो पूरानै शैलीमा देखिए ।

pokhara

एक साता बस्ने गरी पोखरा पुगेको ज्ञानेन्द्र शाहको परिवारलाई उनका समर्थकहरुले राजतन्त्रकै बेलामा जस्तो गरी स्वागत गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा उनका समर्थकहरुले सोमबार बिहान पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्रविरोधी चर्का नारा लगाए ।

राजतन्त्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे भन्दै नारा लगाएका थिए । नारा लगाउने क्रममा राष्ट्रिय झण्डाको समेत प्रयोग गरिएको छ । ज्ञानेन्द्रका समर्थकहरुले गणतन्त्रलाई फाँसी दे, संघीयता खारेज गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए ।

सयौंको संख्यामा विमानस्थल अगाडि भेला भएका उनीहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबारदेखि पोखराको निजी भ्रमण गर्दैछन् । उनी एक साता यहाँ रहने कार्यक्रम छ ।

king

पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई स्वीकार गर्दै आम नागरिक सरह बस्ने घोषणा गरिसकेका छन् । यता नगरिकको ठूलो संघर्ष र बलिदानीपछि प्राप्त गणतन्त्रप्रति यसरी खुल्लेआम रुपमा विरोध हुनु र चर्का नाराबाजी लाग्नु स्वभाविक नभएको जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७