बलात्कार काण्डबाट छुटेपछि ‘सेकेण्ड लेफ्टिनेन्ट’ को ठगी धन्दा


२ पुष २०७५, सोमबार
sugam

काठमाडौं, २ पुस । आफूलाई नेपाली सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’ बताउँदै ‘ब्ल्याकमेल’ गरी ठगी गर्दै आएका एक युवा अन्नतः प्रहरीको फन्दामा परेका छन् ।

sugam

सेनाको सेकेण्ड लेफ्टिनेन्ट रहेको भन्दै ठगी गरिरहेका सुगम ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले यसअघि बलात्कार काण्डबाट उन्मुक्ति पाएको खुलेको छ ।

सुनसरी दुहवी नगरपालिका सुभद्राका २०६७ सालमा सात वर्षकी एक बालिकालाई बलत्कार गरेको अभियोगमा पक्राउ परी छुटेपछि ‘नक्कली ‘सेकेण्ड लेफ्टिनेन्ट’ बनेर ठगी धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ ।

१४ वर्षको उमेरमा बालिका बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको उनी जिल्ला अदालतले नाबालक भन्दै अभिभावकलाई जिम्मा लगाएको पाइएको छ ।

नेता पनि नराम्ररी फसिन्
पक्राउ परेका सुगम ठकुरीका कारण एक नेकपाकी नेत्री समेत अप्ठ्यारोमा परेकी छन् ।
ठकुरीले स्थानीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेकी थिइन् भगवती चौधरीलाई समेत नक्कली पदको आवरणमा फसाउन सफल भएका छन् ।

प्रभावशाली नेता विजय गच्छदारसँग पराजित हुँदै आएकी चौधरीलाई निर्वाचनमा प्रचार सहयोग गरेको वहानामा ठकुरीले चौधरीको मन जिते ।

ठकुरी भगवती चौधरीका छोरा द्रव्यका नजिकका साथी थिए । विगतमा कुनै सार्वजनिक कार्यक्रममा नदेखिएका ठकुरी त्यसपछि चौधरीका सार्वजनिक कार्यक्रमहरुमा बाक्लै देखिए । अहिले ठकुरीलाई साथ दिएको देखिएपछि नेत्री चौधरीलाई सकस परेको छ ।
यसरी गरे ठगी

चुनाव प्रचारमा सहयोग गरेर मन जितेका ठकुरीले चौधरीको छोरासँगको साथी नातालाई प्रयोग गर्दै नजिकिन सफल भए । उनले सेनाको पोसाक समेत लगाएको तस्विर देखाउने गरेको चौधरीले बताएकी छन् ।

चुनाव प्रचार हुँदै नेत्री चौधरीको भान्सासम्म पुगेका ठकुरीको चाला धेरै पनि मात्र आफूले थाहा पाएको चौधरीले बताएकी छन् ।

तर, त्यतिञ्जेलसम्ममा ती नक्कली लेफ्टिनेन्टले आफ्नो पहुँच जागीर लगाई दिनेसम्मको रहेको बताउँदै धेरै सर्वसाधरणबाट मोटो रकम असुल्न भ्याई सकेको अहिले आएर खुलेको छ । अहिले विगतमा ठकुरीलाई दिएको संरक्षणकै कारण नेत्री चौधरीमाथि स्थानीयले प्रश्न उठाउन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७