मेलम्ची खानेपानी आयोजना अलपत्र छाडेर इटाली भाग्न खोज्ने ८ ठेकेदार पक्राउ

ठेक्का छोडिएको घोषणा–पत्र सरकारले बुझेन


२ पुष २०७५, सोमबार
melamchi

काठमाडौं, २ पुस । क्रिस्मस डे मनाउने बहानामा मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर हिंड्न खोजेका आयोजनाका ८ जना विदेशी कर्मचारीलाई पक्राउ गरिएको छ ।

melamchi

आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

डिएसपी मल्लले भने, ‘उनीहरु ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं । हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’

पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।

अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् ।

‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, समाचार स्रोतले भन्यो, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’

अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

सरकारले बुझेन पत्र
इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरिसकेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार मानेको छैन ।

ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् ।

खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।
सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७