टोखामा गर्भवती सौताको हत्या, चार जना पक्राउ


२ पुष २०७५, सोमबार
hatya 1 2

काठमाडौं, २ पुस । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले आफ्नी सौताको गए राति हत्या गरेकी छन् ।

hatya 1 2

अन्य आफन्तको समेत सहयोगमा मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले मुगु टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती भएको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले विष्णुमायासहित बहिनी भगवती मल्ल, भदा गण्डिपराज मल्ल र भदाको गर्लफ्रेण्ड रिता केसीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने छ ।

स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए । आफूमाथि सौता हालेको आवेग र खान लाउन नदिएपछि हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७