बैठकमा ओलीलाई वामदेवको प्रश्न, ‘तपाईलाई मजाक गर्न सुहाउँछ ?


२ पुष २०७५, सोमबार
CPN Satnding comittee Meeting 3
;f]daf/ sf7df8fF}sf] w’Daf/fxL kf6L{ sfof{nodf a;]sf] g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf] :yfoL sld6Lsf] a}7s . t:jL/ M rGb|snf If]qL, sf7df8f}, /f;;

काठमाडौं, २ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठकमा नेता वामदेव गौतम आक्रमक रुपमा प्रस्तुत भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक रुपमा प्रस्तुत नेता गौतमले सरकार र पार्टी नेतृत्वको तिव्र आलोचना गरेका हुन् ।

CPN Satnding comittee Meeting 3
सोमबार काठमाडाैंको धुम्बाराही पार्टी कार्यालयमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौ, रासस

सोमबार पार्टी मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकमा नेता गौतमले आफ्नो फरक प्रतिवेदनको औचित्य पुष्टि गर्दै बाध्य भएर आफूले प्रतिवेदन ल्याउनु परेको बताएका हुन् । शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए तर, नेता गौतमले बेग्लै १६ पृष्ठ लामो बेग्लै प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेता गौतमले आफ्नो प्रतिवेदनमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्नुपर्ने उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा लेखेका छन्, ‘अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन । तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार संचालन गर्ने तर्फ नै ध्यान बढि दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी संचालन गर्नेतर्फ ध्यान बढि दिने व्यवस्था गर्ने । कुनै पनि कमिटीको अध्यक्षता गर्न दुबै अध्यक्षको अनिवार्य उपस्थितिको व्यवस्था अन्त्य गर्ने । अब दृढतापूर्वक सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागु गर्ने ।’

यही बिषयलाई लिएर आइतबार तत्कालीन एमाले र माओवादीसम्वद्ध कानुन व्यवसायीहरुको एकता कार्यक्रममा प्रधानमन्त्री ओलीले मिलेमा दुईवटा प्रधानमन्त्री बनाउने बताएका थिए । भनेका थिए, ‘म भन्दिन चाहन्छु, नेपालमा अचम्म हुन्छ । दुइटा अध्यक्षको अभ्यास हेर्नुस् कसरी अगाडि बढ्छ । संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री पनि बनाउन हुन्थ्यो ।’

वामदेवको प्रश्न ?

Bamdev Gautam 1


आइतबार प्रधानमन्त्रीले बोलेको बिषयलाई लिएर नेता गौतमले प्रधानमन्त्री ओलीको तिव्र आलोचना गरेका थिए । पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएको भन्दै आपत्ती जनाए । भने ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ ? मिल्ने भए प्रधानमन्त्री पनि दुबै जना हुने थियौं भनेर मजाक गर्ने ? दुई तिहाई छँदैछ तपाईसँग, संविधान संशोधन गर्नुस न । बनाउनुस् दुवैजना प्रधानमन्त्री ।’

आफूलाई बदनाम गर्न पार्टी भित्रकै मान्छेहरु लागेको पनि उनले बैठकमा बताए । भने, ‘काठमाडौँ–७ बाट मैले उपनिर्वाचन लड्ने कुरालाई निकै गलत ढंगले प्रचार गरियो, म विरुद्ध पार्टी भित्रकै साथीहरु लागे, मलाई लखेट्नसम्म लखेटियो । त्यसैले, मैले आफ्नो कुरा राख्नै पर्ने भयो। र, मैले फरक विचार प्रस्तुत गरेको हुँ ।’

मन्त्रीले मात्रै गरे बचाउ
बैठकमा वामदेव गौतमसँगै युवराज ज्ञवाली, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, हरिबोल गजुरेल, अग्नी सापकोटा, मुकुन्द न्यौपाने, शक्ति बस्नेत, गणेश शाह र बेदुराम भुसालले बोलेका थिए । तर मन्त्री शक्ति बस्नेत बाहेक अन्यले सरकार र पार्टी नेतृत्वको आलोचना गरेका थिए । सरकारका गतिविधि ले जनातामा निराशा बढाइरहेको भन्दै सरकार र जनताबीचको दुरी बढदै गएको धारणा राखेका थिए ।

पार्टी विधानानुसार कम्तीमा तीन महीनामा हुनुपर्ने स्थायी कमिटीको बैठक नियमित हुन नसकेको, प्रदेश इञ्चार्ज र अध्यक्षहरुको जिम्मेवारी दिँदा विधानको मान्यता पालना नभएको, सरकारले विकास निर्माणका नीतिनिर्माण गर्दा पार्टीलाई परिचालन नगरेको, पार्टीको सरकार हो भन्ने आम अनुभूति दिलाउन नसकिएको गुनासो उनीहरुको छ ।

तल्लो तहको एकता चाँडो गरिनुपर्ने, एशिया प्रशान्त शिखर सम्मेलनजस्ता विवादित कार्यक्रममा सरकार र पार्टी नेतृत्व मुछिने जोडिने अवस्था अन्त्य हुनुपर्ने विचार पनि बैठकमा राखेका थिए ।

राजनीतिक प्रतिवेदन भएन :  भुसाल
बैठकमा नेता घनश्याम भुसालले अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा प्रस्तुत प्रतिवेदन राजनीतिक प्रतिवेदन नभएको जिकिर गरे ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन भएर अर्थोकै भएको टिप्पणी गरे । भने, ‘राजनीतिक प्रतिवेदन राजनीतिक प्रतिवेदनजस्तो नभएर अर्थोकै । नश्ल, वर्ण आदि सच्याउनुपर्ने भएकोले यो प्रतिवेदन समग्रतामा छैन ।’

स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले रमाइलो कथा सुनाउदै नेकपा नेतृत्वमा सरकार बनेपछि नातावाद, कृपावाद बढेको भन्दै गुनासो गरेका थिए।

वक्तालाई बीस मिनेट
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेका थिए । बैठकले प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय तय गरेको छ ।

गत जेठ ३ मा भएको तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यहरुको कार्य्विभाजन र जिल्ला र जनसङ्गठनको एकता अझै टुङ्गिएको छैन । प्रदेश कमिटीले भने पूर्णता पाइसकेको छ । बैठक मङ्गलबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पुनः बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७