दमकको भ्यू टावर निर्माणः ४ अर्बको ठेक्कामा टेण्डरअघि नै सेटिङ


३ पुष २०७५, मंगलवार
viutower 1

काठमाडौं, ३ पुस । ठूला आयोजनाको ठेक्कामा सेटिङ हुने गरेका कारण निर्माण गुणस्तरहीन हुन गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाई आयोजनादेखि बर्दियाको जब्दीको पुल निर्माणमा चरम भ्रष्टाचार गर्ने ठेकेदारदेखि आयोजनाका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको १५ दिन नबित्दै झापाको दमकमा निर्माण हुन लागेको भ्यू टावरको ठेक्कामा टेण्डर सूचना निस्कनुअघि नै सेटिङ भएको खुलासा भएको छ । 

viutower 1
दमकमा निर्माण हुन लागेको प्रस्तावित भ्यू टावरको नक्सा

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी तथा भवन निर्माण विभागले दमकमा भ्यू टावर निर्माण गर्दैछ । त्यसका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । भ्यू टावरको निर्माण ठेक्काका लागि सूचना निकाल्ने तयारीमा विभाग छ । सूचना निकाल्नुअघि नै शर्मा एण्ड कम्पनीलाई ठेक्का पार्नेगरी सेटिङ भइसकेको छ । शर्मा एण्ड कम्पनीका संचालक रमेश शर्मा, उपप्रधानमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद  सिंहबीच यसै हप्ता भारतको दिल्लीमा सेटिङ भएको स्रोतले बताएको छ । १ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्कामा विदेशी कम्पनीले सोझै टेण्डरमा भाग लिनसक्छ । दिल्लीमा डिल भएपछि शर्मा एण्ड कम्पनीले पाउनेगरीठेक्का दिनका लागि विदेशी कम्पनीले सोझै टेण्डरमा भाग लिन नपाउने, नेपाली कम्पनीसँग मात्र जेभीगर्न पाउने गरी टेण्डर सूचना निकाल्न लागिएको छ ।१ अर्ब २० करोड भन्दा माथिको बिल्डिङ निर्माण गरेको प्रमाणपत्र शर्मा एण्ड कम्पनी, केसी निर्माण सेवा र कन्पेक निर्माण सेवासँग मात्र छ । केसी निर्माणसँग सेनाको भवन बनाएको र कन्पेकसँग ठमेलको छायाँदेवी कक्प्लेक्स बनाएको प्रमाणपत्र छ । अरु कुनै निर्माण ब्यवसायीसँग छैन । शर्मा एण्ड कम्पनीका संचालक रमेश शर्माले केसी र कन्पेकलाई पहिले नै १ प्रतिशतका दरले च्याँखेबापत चेक काटेर दिइसकेको स्रोतको दाबी छ । केसी र कन्पेकले टेण्डर हाल्नेछन्, तर मिलेमतोमा शर्मा एण्ड कम्पनीको भन्दा बढी दरमा हालेर भ्यू टावरको ठेक्का शर्मा एण्ड कम्पनीले पाउनेगरी सेटिङ भइसकेको छ । स्रोतका अनुसार त्यसका लागि शर्मा एण्ड कम्पनीका संचालक रमेश शर्माले ठेक्का रकमको २५ प्रतिशत उपप्रधानमन्त्री उपेन्द्र यादवलाई बुझाउने डिल दिल्लीमा गरेका छन् ।सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले दमकको भ्यू टावर निर्माणको ठेक्काको टेण्डर सूचना छिट्टै निकाल्न लागिएको बताएका छन् । कति समय लाग्छ भन्ने जिज्ञासामा उनले संभवतः एक साताभित्रमा टेण्डर सूचना निस्कने जानकारी दिए ।
धरहरा निर्माणमा कालिका कन्ष्ट्रक्सन, शर्मा एण्ड कम्पनी लगायतले सेटिङ गरी ४ अर्बभन्दा बढीमा ठेक्का लिन लागेका थिए । तर रमन कन्ष्ट्रक्सनले ३ अर्ब ४५ करोड रुपैयाँमा टेण्डर हालेपछि कीर्ते कागजात पेश गरेको भनी प्रधानमन्त्री कार्यालयमा उजुरी हालेर ठेक्का भाँड्न खोजेका थिए । तर अनुभवकोकीर्ते कागजात पुष्टी गर्न नसकेपछि अन्ततः रमनले ठेक्का पायो र ५५ करोड भन्दा बढी राज्यको रकम बचेको थियो । भ्यू टावरमा त टेण्डर सूचना निस्कनुअघि नै सेटिङ गरी शर्मा एण्ड कम्पनीलाई मात्र दिनेगरी क्राइटेरिया राख्न लागिएको छ । स्वच्छप्रतिस्पर्धा गराउँदाबढीमा ३ अर्ब रुपैयाँमा दमकको भ्यू टावर बन्ने सहरी विकास मन्त्रालय स्रोत बताउँछ ।तर प्रतिस्पर्धालाई सीमित गराई सेटिङमा राज्यलाई १ अर्ब रुपैयाँ भन्दा बढी नोक्सान पु¥याउने खेलमा उपप्रधामन्त्री उपेन्द्र यादव र सचिव सिंह नै लागेका छन् । सहरी विकास मन्त्रँलयका मन्त्री संघीय समाजवादी फोरमका इस्तियाक राई हुन् । तर मन्त्रालय अन्तर्गतका ठूला ठेक्का र उच्चपदस्थ कर्मचारीको सरुवामा उपेन्द्र यादवले सोझै सचिव सिंहसाग डिल गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७