पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन


३ पुष २०७५, मंगलवार
Tulasi Giri

काठमाडौँ, ३ पुस :  पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधन भएको छ । मंगलबार बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

Tulasi Giri

कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्। सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए ।


विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन् । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७