ओलीलाई भुसालको प्रश्न, ‘कसैको गुटको मात्रै नेतालाई किन मान्ने ?’


३ पुष २०७५, मंगलवार
Ghanshyam Bhusal

काठमाडौं, ३ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेता घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तिव्र आलोचना गरेका छन् । पार्टी सिद्धान्तबाट बिचलित भएर विसुद्ध गुटको आधारमा चलाइएको भन्दै नेता भुसालले ओलीको आलोचना गरेका हुन् ।

Ghanshyam Bhusal


जारी स्थायी कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्ने क्रममा नेता भुसालले अध्यक्ष ओलीको कार्यशैलीप्रति तिव्र आक्रोश पोखे ।

उनले पार्टीमा गुटको नश्लवाद हाबी भएको भन्दै गुटका आधारमा मात्रै नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिइएको बताए । उनले ओलीलाई यस्तो गुटबन्दी कहिलेसम्म ? भन्दै प्रश्न गरे । उनले भने,‘थुक, रगत, खकार, वीर्य टेस्ट गरेरमेरो गुटको हो कि होइन भनेर पार्टी्भित्र छुट्याउनुहुन्छ, यसैगरी गुटबन्दी गरिराख्ने हो ?’

भुसालले प्रदेश कमिटी, स्थानीय तहलगायत कमिटी बनाउँदा तीव्र गुटबन्दी गरेको आरोप लगाए । उनले आफूले एउटा गुटका नेतालाई मान्न आवश्यक नरहेको समेत जिकिर गरे ।उनले भने, ‘तपाईं कसैको गुटको मात्र नेता हो भने म तपाईंलाई मान्दिनँ, म खड्ग ओलीबाट शासित हुन्न, निन्दा गर्छ’ . सक्नुहुन्छ भने मलाई कारबाही गर्नुहोस् ।’

नेता भुसालले बुद्धिजिविहरुप्रति ओलीले गरेको टिप्पणीको पनि बिरोध गरे । ‘सिद्धान्तलाई मान्नुहुन्न, बौद्धिकहरूलाई थला पार्छ’ भन्नुहुन्छ, बुद्धले कति पढेका थिए र भन्दै हिँड्नुहुन्छ । तपाईंमाथि योग्यताको प्रश्न उठ्छ  ।’


प्रतिवेदन आत्मप्रशंसाले मात्र भरिएको कुनै सैद्धान्तिक राजनीतिक आधार नभएको उनको टिप्पणी थियो । अहिलेको समस्या, चुनौती र तिनको सामना गर्ने विधि समेटेर प्रतिवेदन आउनुपर्नेमा त्यसलाई छुदै नछुएको उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७