स्वास्थ्य सचिवमा चौधरीलाई निरन्तरता दिन सर्वोच्चको आदेश


३ पुष २०७५, मंगलवार
pushpa chaudhari 1

काठमाडौं, ३ मंसिर । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई उल्टाई दिएको छ ।

pushpa chaudhari 1

सर्वोच्च अदालतले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गर्ने निर्णय कानुनसम्वत नदेखिएको भन्दै सोही जिम्मेवारीमा फर्काउन पुनः आदेश गरेको छ ।

प्रधानमन्त्री कार्यालय सरुवा गरेपछि चौधरीले हालेको निवेदनमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिंदै संयुक्त इजलासले सोमबार यस्तो आदेश गरेको हो ।

न्यायाधीशद्वय मीरा खड्का र इश्वरप्रसाद खतिवडाको इजलासले सरकारले हालेको भ्याकेटको निवेदनबाट अन्तरिम आदेश खारेज नहुने निर्णय सुनाएको हो ।

स्वास्थ्य सचिवमा रहँदा कार्यसम्पादन चित्त नबुझेको भन्दै मन्त्रिपरिषदले चौधरीलाई सरुवा गरेको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिंदै चौधरी २०७५ कात्तिक १५ गते सर्वोच्च पुगेकी थिइन् ।

चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त निर्णयले कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको भन्दै सरकारले मंसिर ५ गते भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

उक्त भ्याकेटका सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश निरन्तर हुने आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि चौधरीलाई स्वास्थ्य मन्त्रालय फर्कने बाटो समेत खुलेको छ ।

चौधरीको मुद्दा सर्वोच्चमा चलिरहेको समयमै सरकारले स्वास्थ्य सचिवमा नयाँ व्यक्तिलाई नियुक्त गरिसकेको छ । सर्वोच्चको यो निर्णयले मन्त्रालयमा दुई सचिव हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७