संसदको हिउँदे अधिवेशन ११ पुसबाट हुने


३ पुष २०७५, मंगलवार
samsad bhawan संसद भवन

काठमाडौं, ३ पुस :  संघीय संसद्को हिउँदे अधिवेशन पुस ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशनको पहिलो बैठक पुस ११ गते अपराह्न ४ बजेका लागि डाकेकी छन्।

samsad bhawan संसद भवन

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ। सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको जानकारी दिएको छ। बैठकबारे बुधबार सूचना जारी गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक पुस ११ गते ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।

संविधानसँग बाझिएका ३ सय ३९ कानुनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्न बाँकी छ। परिमार्जन गर्नुपर्ने १ सय ७४ मध्ये पनि ३६ वटा पूर्ण रुपमा नयाँ कानुन बनाउनुपर्नेछ। कानुनलगायतका  विभिन्न मन्त्रालयले ती कानुनहरूको तयारी गरिरहेका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७