श्रीमान एयरपोर्ट ओर्लिदा, श्रीमती परपुरुङ्गसँग रङ्गेहात पक्राउ


४ पुष २०७५, बुधबार
sex 1

गुल्मी, ४ पुस । घरमा श्रीमतीलाई छोडेर विदेश हानिएकाहरु घर फर्किदा के सोच्दा हुन् । पक्कै पनि श्रीमती विमानस्थलमा लिन आउँलिन् । त्यो पनि नभए घरमा आफूलाई कुरेर बस्लिन् भन्ने सोचाइ आउनु स्वभाविक हो ।

sex 1

तर, यसको विपरीत कुनै श्रीमान विदेशबाट श्रीमतीकै लागि घर आउँदै गर्दा एयरपोर्टमै श्रीमती परपुरुषसँग रङ्गेहात पक्राउ परेको खबर सुन्नु पर्‍यो भने के होला ? यस्तै पीडा गुल्मीका एक युवाले भोग्नु परेको छ ।

उनी विमानस्थल ओर्लिएकै दिन घरकी श्रीमती भने परपुरुषसँग पक्राउ परेकी छन् । गुल्मीको एक गाउँमा परपुरुषलाई बोलाएर घरमा बोलाएर रसरङ्गमा रमिरहेकी एक महिलालाई गाउँवासीले रङ्गोहात समातेका छन् ।

फेसबुकबाट माया प्रेमको चक्कर पारेका तनहुँ व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर परियार रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् ।

गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेको खुलेको छ । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आइतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र गलत काम गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।

गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिएका छन् ।

गाउँवासीले विकलाई समातेर उनको मोबाइलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुले आरोपका छन् ।

निजले महिलाहरुसँग माया जालमा फसाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरुले आरोप लगाएका छन् ।

धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाइलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताएका छन् ।

उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए । गाउँका सिधासादा महिलाको सोझोपनको फाइदा उठाउन खोज्दा अर्काको घरबार समेत लथालिङ्ग बनाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७