क्याप्टेन विजय लामा नेपाल वायुसेवा निगमको प्रवक्ता नियुक्त


४ पुष २०७५, बुधबार
bijaya lama

काठमाडौं, ४ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले वरिष्ठ क्याप्टेन विजय लामालाई प्रवक्तामा नियुक्त गरेको छ ।

bijaya lama

निगमले बुधबारबाट लागू हुने गरी क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सहायक प्रवक्तामा नवराज कोइराला नियुक्त भएका छन् । झण्डै तीन दशकदेखि निगमका जहाज उडाइरहेका लामा पछिल्ला केही वर्षदेखि १५८ सिट क्षमतायुक्त ‘ए ३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् ।

निगमको प्रवक्ता नियुक्त भएलगत्तै क्याप्टेन लामाले नेपाल वायुसेवा निगमलाई सकारात्मक सोचका साथ अगाडि बढाउनु पर्ने बताए । उनले कमी कमजोरी केहि ठाउँमा देखिए पनि विगतका गल्तीलाई सच्याउँदै सुधार गर्दै निगमलाई अगाडि बढाउने सोंचमा आफू रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७