कर्मचारीले तत्काल काज फिर्ता लिनुपर्ने, मन्त्रालयले गर्‍यो यस्तो निर्देशन


४ पुष २०७५, बुधबार
karmachari staff covil wNY50lo5Zy 1

काठमाडौं, ४ पुस । के तपाई स्थानीय निकायमा काममा खटिरहनु भएको छ ? यदि त्यसो हो भने अब तपाई तत्काल काज फिर्ता लिनु पर्ने भएको छ ।

karmachari staff covil wNY50lo5Zy 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटिएका कर्मचारीको काज फिर्ता गरी समायोजन पत्र दिन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

कर्मचारी समायोजन अध्यादेशअनुसार नियुक्त भएको स्थानीय तहले समायोजन पत्र दिनु पर्ने भएकोले काजमा गएकालाई फिर्ता हुन निर्देशन गरिएको छ ।

‘साविकमा एउटा स्थानीय निकायबाट स्थायी नियुक्ति पाई (जिबिस बाहेक) हाल अर्को जिल्लाको स्थानीय तह वा सोही जिल्लाभित्रको अन्य स्थानीय तहमा सरुवा भई वा कामकाज गर्न खटिएको कर्मचारीलाई निज कार्यरत रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले निज नियुक्त भएको स्थानीय तहमा फिर्ता गर्ने र नियुक्ति दिएको स्थानीय तहले समायोजनको पत्र दिने व्यवस्थाका लागि अनुरोध गरिन्छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई लेखेको पत्रमा यस्तो व्यहोरा उल्लेख गरिएको छ ।

बिभिन्न स्थानीय निकायहरुबाट अन्यत्र काजमा वा सरुवा भई खटिएको कर्मचारीहरुलाई स्थायी नियुक्ति भएको स्थानीय तहमा फिर्ता पठाउने सम्बन्धमा सोधखोज हुन थालेपछि मन्त्रालयले पत्र पठाएको जनाइएको छ ।

अहिले स्थानीय विकास मन्त्रालय कर्मचारी समायोजन अध्यादेश अनुसार कर्मचारी व्यवस्थापनको काममा जुटिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७