पूर्व राजाद्वारा माउन्टेन ग्लोरी रिसोर्टको २४ कोठा बुक, जङ्गलबीचको रिसोर्टमा के गर्दैछन् ?


४ पुष २०७५, बुधबार
x king

काठमाडौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको पश्चिमी जिल्लाबाट अझै पनि राजतन्त्र फर्कन सक्ने भाषण दिएकै दिन पूर्व राजा ज्ञानेन्द्र शाहको पोखरा आगमन राजकीय शैलीकै देखियो ।

x king

पञ्चेवाजा र गणतन्त्रविरोधी चर्का नाराबाजीसहित पोखरामा स्वागत पाएका पूर्व राजा ज्ञानेन्द्र स–परिवार अहिले पोखरामै छन् । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पोखरा रहेका पूर्व राजाका साथ पूर्व रानी कोमललगायत परिवारका सदस्य छन् । उनीहरुलाई राजसंस्थामा आस्था राख्नेहरुले साथ दिइरहेका छन् ।

जङ्गलबीचको रिसोर्टमा के गर्दैछन् ज्ञानेन्द्र ?
दुई साता बिताउने गरी पोखरा पुगेका पूर्व राजा ज्ञोन्द्र शाहले पोखरा महानगरपालिका दोविल्लामा रहेको माउन्टेन ग्लोरी रिसोर्टमा कोठा बुकिङ्ग गरेका छन् । जङ्गलका बीचमा रहेको उक्त रिसोर्ट भर्खरै मात्र सञ्चालनमा आएको जनाइएको छ ।

raja 1 tlIBTyumAB

विदेश पर्यटकको रोजाइमा पर्ने उक्त रिसोर्टबाट मनमोहक हिमाली दृष्य नियाल्न पाइन्छ । नेपाली नागरिकले उक्त रिसोर्टको एउटा कोठाको प्रतिरात १२ हजार रुपैयाँ तिर्नुपर्छ । विदेशी नागरिकले भने १ सय ९० अमेरिकी डलर तिर्नुपर्छ ।

पूर्व राजपरिवार बसेको रिसोर्टमा अहिले ३२ कोठा छन् । जसमध्ये २४ कोठाहरु राजपरिवारले बुकिङ गरिसकेको जानकारी दिइएको छ । रिसोर्टका २ वटा सुइट र २२ वटा डिलक्स कोठा शाह परिवारले बुकिङ गरेको होटलले जानकारी दिएको छ । सोमबारदेखि नै १६ रातका लागि सबै कोठा बुकिङ गरिएको जनाइएको छ ।

एक रातको १२ हजारकै दरले पनि पूर्वराजा ज्ञानेन्द्रले २४ कोठाको प्रतिरात २ लाख ८८ हजार रुपैयाँ तिर्नुपर्छ । यही दरले १६ रातको खर्च ४६ लाख ८ हजार हुन आउँछ । यो त होटलको बेडको मात्रै खर्च भयो । खानपिनको त छुट्टै छ ।

यति धेरै खर्च गरेर पूर्वराजा ज्ञानेन्द्रले पोखरामा के गर्दैछन् भन्ने कुरा अहिले सबैको चासो रहेको छ । केहि समय राजसंस्थाप्रति आस्था राख्दै आइरहेका नेताहरुलाई भेटेर एक आपसमा मिल्न सुझाव दिएका पूर्व राजा ज्ञानेन्द्रको बेला–बेला राजनीतिक सक्रियता देखिने गरेको छ । कतै पोखराको यो लामो बसाई पनि राजतन्त्रलाई मलजल गर्ने शिलशिलामा त भएको होइन भन्ने जिज्ञासा सर्वसाधरणमा जागेको छ ।

raja 2 lZwnDN2Pkd

निजी भ्रमण भनिएको पूर्व राजपरिवारको पोखरा आगमनमा पोखरा विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपालसहित राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले भव्य स्वागत गरेका थिए ।

निजी भ्रमण भनिए पनि शाहले देशव्यापी रुपमा गर्दै आउनुभएको धार्मिक भ्रमणलाई पनि अगाडि बढाउने कार्यक्रम तय भएको स्वागत व्यवस्थापन मूल समारोह समितिका सचिव तथा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव भिमराज भण्डारीले जानकारी दिएका छन् ।

पूर्व राजाले पोखरा र आसपासको केही धार्मिकस्थलको भ्रमण, केही राजनीतिकर्मीसँग भेटघाट र छलफलपछि अंग्रेजी नयाँ वर्ष मनाएर काठमाडौं फर्कने जनाइएको छ ।

Resort 2 ouZDfwzudK

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समितिका सह–सचिव तथा स्वागत व्वस्थापन मूल समारोह समितिका सचिव भिमराज भण्डारीले पूर्व राजारानीको स्वागतमा उर्लिएको जनलहर हेर्दा अहिलेको दलीय राजनीतिबाट नागरिकमा वितृष्णा जागेको दावी गर्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७