स्थायी कमिटिमा रघुजी पन्तको माग : अक्षम मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरौं


४ पुष २०७५, बुधबार
Raghuji Panta

काठमाडौं, ४ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटि बैठकमा स्थायी कमिटि सदस्य रघुजी पन्तले मन्त्रीपरिषद् गठनको माग गरोक छन् । विवादित र अक्षम मन्त्रीहरुलाई हटाएर मन्त्रीपरिषद् पुन: गठन गर्नुपर्ने उनको माग छ ।

Raghuji Panta


बुधबार भएको बैठकमा आफ्नो धारणा राख्दै नेता पन्तले मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गरेर अक्षमलाई हटाउन माग गरेको बैठकमा सहभागी एक स्थायी कमिटि सदस्यले बताए । बैठकमा पन्तले भने,‘कतिपय मन्त्रीहरु विवादित र सक्षम नदेखिएकाले उनीहरुलाई हटाएर मन्त्रिपरिषद पुनर्गठन गनुपर्छ । यो प्रधानमन्त्रीको अधिकार हो, मन्त्रीहरुको कामकारबाहीको प्रधानमन्त्रीले नै मूल्यांकन गर्नुपर्छ ।’

मुख्यमन्त्रीहरुलाई इन्चार्जको जिम्मेवारी दिन हुदैन
बैठकमा नेता पन्तले मुख्यमन्त्रीलाई पार्टीको जिम्मेवारी दिन नहुने बताए । भने, ‘विधानमै मुख्य जिम्मेवारी एउटा मात्रै लिने भनिसकेपछि मुख्यमन्त्री भइसकेपछि प्रदेशको इन्चार्जको जिम्मेवारी लिनुहुँदैन। या त मुख्यमन्त्रीको जिम्मेवारी लिनुहुँदैन । दुईवटै जिम्मेवारी लिनुहुँदैन । मापदण्ड अनुसारको प्रदेश कमिटी बनाउनुपर्छ ।’

नेता पन्तले विधान स्थायी समितिले भनेको भन्दा विपरित आएको भन्दै आपत्ति जनाए । उनले भने, ‘राजनीतिक र सांगठनिक निर्णय अधिकार लियो, त्यो उसले लिन मिल्दैन। स्थायी कमिटीमा फिर्ता हुनुहुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७