एनआइसी एशियाले सेयर धनीलाई १० प्रतिशत बोनस सेयर बितरण गर्ने


४ पुष २०७५, बुधबार
NIC Asia
????????????????????????????????????

काठमाडौं, ४ पुस  : एनआइसी एशिया बैंकले आफ्ना सेयर धनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर बितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय बैंकको आज भएको २१ औँ साधारण सभाको बैठकले पारित गरेको हो।

NIC Asia

साथै बोनस शेयरमा लाग्ने करका लागि बैंकले  ०.५२६ प्रतिशत रकम छुट्याएको छ। साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटल  सहितको आ.व. २०७४,७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले चालु आव २०७५,७६ को लागि  टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको बैंकले जनाएको छ।बैंकका २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई छन।  

बैकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिहेको छ । बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब पुगेको छ ।

यो सँगै नीजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७