किराँत समुदायको महान पर्व उधौली शुरु


७ पुष २०७५, शनिबार
sakela 2

काठमाडौं,पौष ०७ । किराँती समुदायको बहुल्यता भएको पुर्वी जिल्लाहरु र काठमाडौंमा बसोबास गर्दै आएका किराँत समुदायको उधौली पर्व आजबाट सुरु भएको छ ।

साकेला किरात राई sakela kirat rai 22

लिम्बु जातिले ललितपुरको हातीवनमा रहेको किराँत माङहिम्मा भेला भएर उधौली पर्व मनाउँदैछन् भने राई जातिले भने ललितपुरको नख्खिपोटमा मनाएर सुरु गर्दैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ ।

sakela 2

यस चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन् । उधौली पर्वमा विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

साकेला किरात राई sakela kirat rai 5

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किराँत समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक(फरक तरिकाले मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्छन् ।

साकेला किरात राई sakela kirat rai 6

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ । हुर्रे हा हा , ‘सोई ढोले सोई ‘अर्को ढोले खै’ भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 1

यस्तै पहाडी जिल्लाबाटा बसाई सराई गरेर पुर्वि तराईमा झरेका तथा काठमाडौ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर सामुहिक रुपमा साकेला नाच्ने सामुहिक रुपमा पनि पर्व मनाउने गरिएको छ। प्रत्येक बर्ष मंसिर पुर्णिमालाई उधौली र बैशाखे पुर्णिमालाई उभौलीको रुपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गर्ने गरेर उधौली र उभौलीको रुपमा मान्ने विश्वास गरिन्छ । विशेष सम्पुर्ण किरात गैर किरातहरुको बाक्लो उस्थितीमा साकेला नाचेर मनाइन्छ ।

साकेला किरात राई sakela kirat rai 66


विशेष गरी किराँत राईको बसोबास रहेको सबै जिल्ला बिशेष गरी पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत काठमाडौं,ललितपुर किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ साकेला मनाईदैछ ।

Belbari ma sakela ubhauli 16

यो चाड नेपाल बाहिर भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामा समेत मनाउने गरिन्छ । उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् । किरात राई यायोख्खा काठमाडौंको अनुसार आउदो मंसिर शनिबार १४ गते काठमाडौको टुडिखेलमा विशेष साकेला नाच्ने कार्यक्रम रहेको छ ।

kirati festival sakela udhauli nakhhipot 2074 साकेला उधाैली 5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७