नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा मीनमान श्रेष्ठ


७ पुष २०७५, शनिबार
Min Man Shrestha

काठमाडौँ : नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ कम्पनी प्रालिका मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

Min Man Shrestha

ललितपुरको कुपण्डोलमा सम्पन्न भएको बाह्रौं साधारण सभामा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । साधारण सभाले आगामी दुई वर्षका लागि डाउनटाउन हाउजिङ्ग कम्पनी प्रा.लि. का श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको हो।

साधारण सभामा अध्यक्षसहित ६ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने ७ सदस्यको पदमा ९ जनाको उम्मेदवारी परेपछि मतदान भएको हो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्स प्रा.लि.का ईच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एस.बी. कम्पनी प्रा.लि.का बिदुर धमला, तृतीय उपाध्यक्षमा सी.डी. डेभलपर्स प्रा.लि. का दिपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्स प्रा.लि.का भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रा.लि. का पुरुषोत्तम पौड्याल निर्विरोध निर्वाचित भएका छन् ।

कार्य समितिको ७ जना सदस्यका लागि भएको निर्वाचनमा अधिकारी बिल्डर्स प्रा.लि. का तुलसी प्रसाद अधिकारी, लभ्ली हाउजिङ्ग प्रा.लि. का बहादुरकृष्ण ताम्राकार, युरो हाउजिङ्ग प्रा.लि. का टंकबहादुर श्रेष्ठ, आई.एम.एस. डेभलपर्सका दिपक मलहोत्रा, क्लीन डेभलपर्स प्रा.लि.का आशिष गर्ग, निलगिरी हाउजिङ्ग प्रा.लि. का गोविन्द प्रसाद लोहनी र सनराईज डेभलपर्स प्रा.लि. कासुमित कुमार अग्रवाल निर्वाचित भएका छन् ।

साधारण सभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुर्‍याउँदै आएको भए तापनि राज्यले व्यवसायीहरुलाई उपेक्षित गरेको बताए ।

उनले देशमा विगतका अस्थिर सरकारका कारण व्यवसायीहरुले धेरै कठिन परिस्थितिको सामना गर्नु परेकोले अब रियल ईस्टेट उद्योगको प्रबद्र्धनका लागि सबैले एकजुट भए कार्य गर्नु पर्ने आवश्यकता रहेको बताए ।

त्यसैगरी सभामा संघका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै नयाँ कार्य समितिले संघमा आबद्ध सबै व्यवसायीहरुको हक हितका लागि अहोरात्र खटेर कार्य गर्नुपर्ने बताए।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफ्नो कार्यकालभर पूर्णरुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हक हितको लागि निरन्तररुपमा प्रयाशरत रहने प्रतिबद्धता प्रकट गरे ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै व्यवसायीको हकहितको लागि निरन्तररुपमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७