रोहिङ्ग्या मुस्लिममाथिको अत्याचार विरुद्ध काठमाडौंमा प्रदर्शन


१० आश्विन २०७४, मंगलवार
Rohingya Nepal Mulsim

काठमाडौं : तराई मधेश राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा विभिन्न समुदाय र पेशाआबद्ध एक सयभन्दा बढी व्यक्तिले रोहिङ्ग्या मुस्लिम समुदायको पीडा र संघर्षमा ऐक्यबद्धता प्रकट गरेका छन्। उत्त अवसरमा सहभागीहरुले रोहिङ्ग्या समुदायप्रति म्यानमार सरकारले अख्तियार गरेको दमनकारी रबैयाको चर्को आलोचना पनि गरेका थिए।

Rohingya Nepal Mulsim

कार्यक्रममा सहभागीहरुले रोहिङ्ग्या समुदायको देश कुन होरु रोहिङ्ग्या समुदाय मुस्लिम होइनन्, जातीय नरसंहार बन्द गर जस्ता नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेका थिए। उनीहरुले रोहिङ्ग्या समुदायमाथिको अत्याचार र विस्थापनसँग सम्बन्धित कारुणिक तस्विरहरु समेत प्रर्दशन गरेका थिए।

कार्यक्रमको अन्त्यमा विश्लेषक सीके लाल, साहित्यकार नयनराज पाण्डे र अभियन्ता सीमा खानलगायतले विस्थापित रोहिङ्ग्या मुस्लिमको घर फिर्तीको व्यवस्था गर्न र त्यस समुदायले भोग्दै आएको सम्पूर्ण समस्या सदाका लागि हल गर्न म्यानमार सरकारका साथै अन्तर्राष्टिय समुदायसँग माग गरेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७