किसानको बीउमा भ्रष्टाचार गर्ने १३ जनाविरुद्ध मुद्दा दायर


१० पुष २०७५, मंगलवार
ciaa

काठमाडौं, १० पुस । जिल्ला कृषि विकास कार्यालय, दैलेखका कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा. नरहरी प्रसाद घिमिरेसहित १३ जना विरुद्ध SEED KITS वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ciaa

सीड्स किट्स बितरणमा भएको अनियमितताबारे परेको उजुरीको अनुसन्धान गरी बरिष्ठ कृषि विकास अधिकृत डा. घिमिरेसमेतले कर्मचारीहरु र ठेकेदारसँग समेत बदनियतपूर्ण तवरले मिलेमतोमा कृषि सामग्री खरिद नै नगरी खरिद गरेको देखाई ढुवानी समेत गरेको नक्कली बिल भरपाई बनाई उक्त बिल भरपाई सदर गरी भुक्तानी लिनेदिने कार्य गरेको पाइएको थियो । प्राप्त नभएको सामान आम्दानी बाँधी खर्च देखाई, उक्त बिउ खरिद गर्ने र प्रयोग गर्ने प्रयोजनलाई नै निस्तेज गरी सरकारी रकम हिनामिना र हानीनोक्सानी गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न १३ जना विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरिएको अख्तियाका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।

suchi


अख्तियारले बागबानी विकास अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखाअधिकृत डालबहादुर हमाल, प्राविधिक सहायक गमानसिंह थापा, बागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नासु नमराज थापा र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीलगायतविरुद्ध बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७